PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

महिला सांसदको मागः मन्त्रिपरिषद्मा ३३ प्रतिशत सहभागिता 



रासस

महिला सांसदको मागः मन्त्रिपरिषद्मा ३३ प्रतिशत सहभागिता 


काठमाडौँ : महिला सांसदहरुले मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिताको माग गरेका छन्। प्रधानमन्त्री शेरबहादुुर देउवासँग भेटी उनीहरुले  अब विस्तार हुने मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेका हुन्। 

महिला सांसद समन्वय समितिमा आबद्ध महिला सांसदले प्रधानमन्त्रीलाई मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गरिनुपर्ने मागसमेत गरेको सांसद रेखा शर्माले जानकारी दिइन्। 

भेटमा प्रधानमन्त्री देउवाले महिला सांसदले राखेका मागलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै ती माग पूरा गर्न सक्दो प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे।

भेटमा सांसद आरजु देउवा, सीता नेपाली, कुन्ती शाही, ईश्वरी न्यौपाने र सीता गुरुङलगायतको सहभागिता थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell