PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

बलिउड गायक कुमार सानुले जितु नेपाललाई किस गरेपछि



पहिलोपोस्ट

बलिउड गायक कुमार सानुले जितु नेपाललाई किस गरेपछि

काठमाडौं: सनिबार काठमाडौंमा बलिउड गायक कुमार सानु प्रस्तुत भए। होटल याक एण्ड यतीमा 'कुमार सानु लाइभ इन कन्सर्ट’ सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित रहेका जितु नेपालले कुमार सानुसँगको आफ्नो अनुभव व्यक्त गरेका छन्। उनले कुमार सानुले आफूलाई चुम्बन गरेको क्षण सम्झदै फेसबुकमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन्।



मुन्टेज इन्टरनेशनल र समसारा यूकेले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा जितु नेपालको प्रस्तुती ब्याकस्टेजबाट सुनिरहेका कुमार सानुले स्टेजमा आए। जितुले नेपाल कस्तो लाग्यो? भनेर गरेको प्रश्नको जवाफमा आफूलाई टाउकोमा चुम्बन गरेको उल्लेख गरेका छन्। जितु नेपालले कुमार सानुको व्यवहारको खुलेर प्रशंसा गरेका छन्। लेखे,'यती बरिष्ठ गायकमा पनि अलिकति पनि घमण्ड पाईंन। कति सरल। कति मिजासिलो। कति राम्रो व्यवहार।'



कार्यक्रममा गायिका देविका बन्दना, दिकम घिमिरे, निशा अधिकारी, सम्भुजित बास्कोटा लगायतको उपस्थिती रहेको थियो। कुमार सानुले हिन्दीसाथै नेपाली भाषाका दुई दर्जन बढी गीतहरु प्रस्तुत गरे। उनले स्वर दिएको ’यो कथा हो तृष्णा मेरो’, ’यो दुई थोपा आँसु’, ’फूल भए जिन्दगी’, ’साँची राँखु जस्तो लाग्छ’, ’सपना सपना’ जस्ता नेपाली गीतहरु गाए।

कार्यक्रमबाट उठेको केहि प्रतिशत रकम श्वेताश्री फाउन्डेसनलाई प्रदान गरिने कार्यक्रम संयोजकले बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell