काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन, शीतलनिवासमा आज भएको भेटमा उनीहरुबीच राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको छ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए। रासस