PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

आइफा अवार्डमा फिल्म 'निर्जा' उत्कृष्ट घोषित, को बने उत्कृष्ट अभिनेता र अभिनेत्री?



पहिलोपोस्ट

आइफा अवार्डमा फिल्म 'निर्जा' उत्कृष्ट घोषित, को बने उत्कृष्ट अभिनेता र अभिनेत्री?

इन्टरनेशनल इन्डियन फिल्म एकाडेमी अवार्ड अर्थात 'आइफा अवार्ड २०१७' सम्पन्न भयो। अवार्डको १८ ‌औं संस्करण अमेरिकामा दुई दिन लामो कार्यक्रम आयोजना गरी वितरण गरिएको हो। जुलाई १४मा भएको कार्यक्रममा शिर्ष बाहेक अन्य केही अवार्ड विजेताको नाम घोषित भएको थियो। अमेरिका न्यूयोर्क सहरको मेटलाइफ स्टेडियममा आयोजित कार्यक्रमलाई सैफअलि खान र करण जौहरले उद्घोषण गरेका थिए। त्यस्तै जुलाई १५ को कार्यक्रममा उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता, अभिनेत्री लगायतको नाम घोषणा भएको हो।



इस्ट रुथरफोर्ड न्यूजर्सीमा भएको दोस्रो कार्यक्रम फिल्म निर्जा उत्कृष्ट घोषित भयो। त्यस्तै आलिया भट्टले फिल्म 'उड्दा पंजाब'को तर्फबाट उत्कृष्ट अभिनेत्री साथै साहिद कपूरले पनि सोही फिल्मका तर्फबाट उत्कृष्ट अभिनेताको अवार्ड पाए।





यस्तो छ अन्य विजेताहरुको सुची: 

उत्कृष्ट नव अभिनेता: दिलजित दोसाजह (उड्ता पंजाव)

उत्कृष्ट नव अभिनेत्री: दिशा पटानी (एमएस धोनी: द अनटोल्ड स्टोरी)

उत्कृष्ट सह अभिनेता: अनुपम खेर (एमइस धोनी: द अनटोल्ड स्टोरी)

उत्कृष्ट सह अभिनेत्री: सबाना आज्मी (निर्जा)

उत्कृष्ट हास्य अभिनेता: बरुण धवन (ढिसुम)

उत्कृष्ट खल अभिनेता: जिम सर्ब (निर्जा)

स्टाइल आकन: आलिया भट्ट

वर्षको उत्कृष्ट महिला: ताप्सी पन्नु

उत्कृष्ट संगीत निर्देशक: प्रितम (ए दिल हे मुश्किल)

उत्कृष्ट पार्श्व गायक: अमित मिश्रा (ए दिल हे मुश्किल)

उत्कृष्ट पार्श्व गायिका: कनिका कपूर (उड्दा पंजाव) र तुलसी कुमार (एयरलिफ्ट)

उत्कृट निर्देशक: अनिरुद्ध रोय चौधरी (पिंक)



उत्कृष्ट कथा: कपूर एण्ड सन्स

उत्कृष्ट गीत: चन्ना मेरे आ (ए दिल हे मुश्किल) अमिताभ भट्टाचार्य

उत्कृष्ट द्धन्द्ध: फिल्म सुल्तान 

उत्कृष्ट इफेक्ट: फिल्म फ्यान

उत्कृष्ट नृत्य निर्देशन: फिल्म कपूर एण्ड सन्स

उत्कृष्ट छायांकन: फिल्म ए दिल हे मुश्किल

उत्कृष्ट कस्ट्युम डिजाइन: फिल्म ए दिल हे मुश्किल

उत्कृष्ट संवाद : फिल्म पिंक

उत्कृष्ट सम्पादन: फिल्म पिंक

उत्कृष्ट मेकअप: फिल्म फ्यान

उत्कृष्ट प्रोडक्शन डिजाइन: फिल्म निर्जा

उत्कृष्ट पटकथा: फिल्म पिंक

उत्कृष्ट साउन्ड मिक्सिङ: फिल्म सुल्तान  

उत्कृष्ट साउन्ड रेकर्डिङ: फिल्म ए दिल हे मुश्किल

उत्कृष्ट साउन्ड डिजाइन: फिल्म मिर्जा

उत्कृष्ट पार्श्व संगीत: फिल्म ए दिल हे मुश्किल


स्रोत: इन्डिया टूडे 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell