PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

पाँच किलो चरेससहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ



पहिलोपोस्ट

पाँच किलो चरेससहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

काठमाडौ : नेपाल प्रहरीले पाँच किलो लागूऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले धादिङ दार्खाका  ३० वर्षीय कुमार सिंह र काठमाडौं टोखा नगरपालिका वडा नम्वर ११ वस्ने ३६ वर्षीय रबिन कुमार गुरुङलाई चरेशसहित पक्राउ गरेको हो।

सुटकेसमा फल्सवटम बनाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयलाईसन्सको जहाजबाट थाइल्याण्ड लैजान लागेको अवस्था उनीहरु पक्राउ परेका व्यूरो प्रमुख एसएसपी धिरु वस्नेतले जानकारी दिए।

रबिन नेपालबाट थाइल्याण्ड चरेस सप्लाई गर्ने मुख्य व्यक्ति भएको वस्नेतले बताए। उनले भने,‘रबिनले नेपालमाबाट युरोपियन मुलुकमासमेत चरेस सप्लाइ गरेको अनुसन्धानमा देखिएको छ।’  

पक्राउ गरेका दुवैले धेरै पटक नेपालबाट चरेश पठाएको खुलेको छ। सिंहले एक पटक नेपालबाट थाइल्याण्ड चरेस पुर्याएबापत ५० हजार नेपाली रुपैयाँ पाउने गरेका थिए। नेपालमा एक किलो चरेसको मुल्य ५० हजार परेपनि विदेशमा २ लाखदेखि माथि पर्ने गर्दछ।

एसएसपी वस्नेत भन्छन्,‘नेपालमा हातहतियार पछि बढी नाफा कमाउने व्यापार नै लागूऔषध नै हो।’  धादिङ , मकवानपुरलगायत स्थानमा चरेश उत्पादन हुने गरेको छ।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell