PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

सय दिनमा उत्कृष्ट शहर बनाउने मेयरसामु बगेकी बालिकालाई लिएर प्रश्न



पहिलोपोस्ट

सय दिनमा उत्कृष्ट शहर बनाउने मेयरसामु बगेकी बालिकालाई लिएर प्रश्न

काठमाडौं : स्थानीय तहको निर्वाचनका बेला विद्यासुन्दर शाक्यले गरेको एउटा घोषणा हो काठमाडौं महानगरपालिकालार्इ सय दिनमा संसारकै उत्कृष्ट शहर बनाउने। 

तर, शाक्य मेयरमा निर्वाचित भएको पचास दिन नपुग्दै काठमाडौंको सामाखुसीस्थित एक स्कुले बालिकालार्इ ढलको पानीले बगायो र उनलाई अर्को ठाउँबाट निकाल्यो। ती बालिका त बाँचिन् तर, नेपालटारमा त्यसैगरी डुबेकी अर्की बालिकाको भने मृत्यु भयो। 

यही प्रसङ्गलार्इ लिएर विवेकशील नेपाली दलले काठमाडौं महानगरपालिकालार्इ ध्यानाकर्षण पत्र बुझाएको छ। सामखुसीमा भएको घटनालार्इ महानगरपालिकाले गम्भीरतापूर्वक लियोस् भन्दै आइतबार विवेकशीलले ध्यानाकर्षणपत्र बुझाएको हो। 

महानगरपालिकाका मेयरले सय दिनमा काडमाडौंलार्इ विश्वकै उत्कृष्ट शहर बनाउने घोषणा र पचास दिनमै भएको यस्तो अप्रिय घटनालार्इ हेरेर मेयरको बोली र ब्यवहार कतै विपरित दिशातिर त गइरहेको छैन भन्ने शंका विवेकशील दलले ध्यानाकर्षण गराएको छ। 

साथै यस्तो घटनाका कारक वा जिम्मेवारपूर्वक आफ्नो काम नगर्ने ठेकेदारलार्इ पनि कारबाहीको दायरामा ल्याउन ध्यानकर्षणमा उल्लेख गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell