PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

रणवीर कपुर सुपरहिरो बन्दै



पहिलोपोस्ट

रणवीर कपुर सुपरहिरो बन्दै

फिल्म 'जग्गा जासुस' प्रदर्शनरत छ। अभिनेता एवं निर्माता समेत रहेका रणवीर कपुर फिल्मकै काममा व्यस्त छन्। तीन वर्षको निर्माण प्रक्रियापछि सार्वजनिक भएको फिल्मको प्रोमोशनमा कट्रिनाले धेरै समय दिन नपाए पनि रणवीरले फिल्म प्रचार-प्रसारका लागि केही कमी हुन दिएका छैनन्।

यसैबीच उनको नयाँ फिल्मबारे खबर सार्वजनिक भएको छ। फिल्मलाई पर्दामा छोडेर उनी नयाँ कामका लागि तयार भएका हुन्। अयान मुखर्जीको निर्देशन रहने फिल्ममा रणवीर कपुर सुपरहिरोको रुपमा देखिन लागेको बलिउड हंगामाले जनाएको छ।

अयान र रणवीर्को नयाँ प्रोजेक्टको नाम हो 'ड्रागोन'। रणवीरले जग्गा जासुसको प्रिमियरमा फिल्म अक्टोबर १५ बाट छायांकनको लागि फ्लोरमा जाने बताएका हुन्।

यसअघि रणवीर र अयान मुखर्जीको वेक अप सिड र ए जवानी हे दिवानीमा टिम अप भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell