PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

प्रधानमन्त्री देउवासँग पत्नी आरजु लगायतको प्रश्न : मन्त्रिपरषद्‍मा खोई ३३ प्रतिशत



पहिलोपोस्ट

प्रधानमन्त्री देउवासँग पत्नी आरजु लगायतको प्रश्न : मन्त्रिपरषद्‍मा खोई ३३ प्रतिशत
फोटो : रासस

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकी पत्नी आरजु राणासहितका महिलाहरुले भेटेर मन्त्रिपरिषद्‍मा ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता माग गरेका छन्। 

महिला सांसद समन्वय समितिमा आवद्ध महिलाहरुको समूहले आज प्रधानममन्त्री निवास बालुवाटार पुगी बिस्तार हुनेक्रममा रहेको मन्त्रिपरिषद्मा् ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न माग गरेको हो। 

महिला सांसदहरुले मुलुकमा महिला हिंसाका घटना अन्त्य गरिनुपर्ने मागसमेत गरेको माओवादी सांसद रेखा शर्माले जानकारी दिइन्।
प्रधानमन्त्री देउवाले महिला सांसदले राखेका माग आफूले सकारात्मक रूपमा लिएको भन्दै पूरा गर्न सक्दो प्रयास गर्ने भन्दै कुटनीतिक जवाफ दिए। 

भेटमा सांसद आरजु देउवा, सीता नेपाली, कुन्ती शाही, ईश्वरी न्यौपाने र सीता गुरुङ सहभागी थिए।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell