PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालन



रासस

आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालन

भक्तपुर  :भक्तपुर मिनीबस सेवा समितिले आजदेखि भक्तपुर–काठमाडौँ नगर बस सञ्चालनमा ल्याएको छ। 

आज दूधपाटीस्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बस सेवाको उद्घाटन गर्दै सेवा सुरु गरेका हुन्।

भक्तपुरबाट काठमाडौँ जाने यात्रुलाई सहज र सर्वसुलभ सेवा दिने उद्देश्यले २० वटा नगर बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले जानकारी दिए। 

नगर बस भक्तपुरको कमलविनायकबाट सूर्यविनायक, कोटेश्वर, गौशाला, चाबहिल, महाराजगन्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर हुँदै भक्तपुर आउने र जाने गरी सेवा सञ्चालनमा ल्याएको उनले बताए । 

मिनिबस सेवा समितिले यसअघि पनि भक्तपुरबाट सूर्यविनायक, चाबहिल, नयाँबस पार्क, भक्तपुरबाट बानेश्वर हुँदै रत्नपार्क, भक्तपुरबाट सातदोबाटो हुँदै लगनखेल र जिल्लाका ग्रामीण रुटमा बस सेवा सञ्चालन गर्दै आएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell