PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

विमलेन्द्र निधिले भने–प्रचण्ड बैंककबाट फर्किएलगत्तै मन्त्रिमण्डल विस्तार



रासस

विमलेन्द्र निधिले भने–प्रचण्ड बैंककबाट फर्किएलगत्तै मन्त्रिमण्डल विस्तार

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताएका छन्।

काठमाडौँको सतुङ्गलमा रहेको बागेश्वरी अस्पतालको दशौँ वार्षिकोत्सवको उद्घाटन गर्दै निधिले दोस्रो चरणको निर्वाचनले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएपनि अब एक/दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताए। 

निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैंककबाट फर्किएलगत्तै मन्त्रिमण्डल विस्तार हुने उल्लेख गरे। 

उनले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने भन्दै एक वर्ष संसद्को म्याद थप्ने हल्ला निराधार भएको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell