PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

आजदेखि मतदाता नामावली संकलन सुरु, पर्सामा नाम लेखाउनेको भीड



पहिलोपोस्ट

आजदेखि मतदाता नामावली संकलन सुरु, पर्सामा नाम लेखाउनेको भीड

वीरगञ्जः निर्वाचन आयोगले आजदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेपछि पर्सामा नामावली दर्ता गराउनेको भीड लागेको छ।

 प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले साउन १५ गतेसम्मका लागि मतदाता नामावली संकलन अभियान सुरु गरेकाले नाम छुटेकाहरु नमावली दर्ता गराउन गाउँगाउँबाट वीरगञ्ज आउन थालेका छन्।

 १८ वर्ष उमेर पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका वा लेखाए पनि ठेगानालगायत विवरण फरक परेकाहरुलाई आफ्नो स्थायी ठेगाना भएको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आयोगले आग्रह गरेको छ।

 पर्सामा वीरगञ्जस्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय गरी दुई स्थानमा नामावली संकलन कार्य भइरहेको छ।

जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीले पर्सामा करिब २ लाख मतदाताको नामावली छुटेको बताए।

जम्मा जनसख्या साढे ६ लाख रहेकोमा हाल २ लाख ८२ हजारले मात्र मतदाता नमावलीमा नाम लेखाएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell