PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

पूर्व युवराज पारस छोराछोरीसहित त्यो नाइट क्लबमा जसलाई आरजु राणाले भनेकी थिइन् असुरक्षित 

पूर्व युवराज पारस छोराछोरीसहित त्यो नाइट क्लबमा जसलाई आरजु राणाले भनेकी थिइन् असुरक्षित 

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणाले असुरक्षित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको दरबारमार्गको क्लब डेजाबुमा सपरिवार पुगेका छन् पूर्व युवराज पारस शाह। 

'दरबार मार्गमा ट्यांकी जस्तो ठूलो भाग रहेको डेजाबु भन्ने क्लव खुलेको रहेछ। पस्ने र निस्कने साना–साना ढोका मात्र छन्। २ हजार बढी मान्छे अट्ने क्लबमा भूकम्प आयो भने त्यहाँका युवायुवती कसरी बाहिर निस्कन्छन्? व्यवस्थित भएन,' राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री पत्नी राणाले भनेकी थिइन्।

उनले नाइट क्लब ब्यवस्थित गर्न उनले गृह मन्त्रीलाई आग्रहसमेत गरिन्। त्यसपछि महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीले एक साताअघि डेजाबुमा गएर अनुसन्धान गरेका थिए।

त्यही नाइट क्लबमा पुगे पूर्व युवराज पारस। उनी पुगेपछि उनीसँग फोटो खिचाउन युवा/युवतीहरु भेला हुनु सामान्य नै भयो। क्लब डेजाबुले पारशका फोटाहरुसमेत सार्वजनिक गरेपछि उनी नाइट क्लब पुगेको खुलेको हो। हेर्नुस् क्लब डेजाबुले अपलोड गरेका फोटा -
 


ट्रेन्डिङ पोस्ट

Ncell