PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

यसरी पक्राउ परे नक्कली डिआइजी



रासस

यसरी पक्राउ परे नक्कली डिआइजी

चरिकोट : आफूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुङ्गेललाई फोन गर्ने एकजना व्यक्तिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

नक्कली प्रहरी नायब महानिरीक्षक बनेर ढुङ्गेललाई फोन गर्ने रामेछापको खाँडादेवी गाउँपालिका–२ का ५२ वर्षीय मानबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो। उनले सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई छाड्न प्रहरी नायब उपरीक्षक ढुङ्गेललाई फोन गर्दैआएका थिए। 

उमाकुण्ड गाउँपालिका–२ का दावा सोनाम शेर्पालाई सार्वजनिक अपराध मुद्दाअन्तर्गत गत असार ४ गते प्रहरीले पक्राउ गरेको थियो । शेर्पालाई छाड्न केसीले प्रहरी प्रमुख ढुङ्गेललाई लगातार फोन गरेर दबाब दिँदैआएका थिए। 

“म प्रहरी नायब महानिरीक्षक सुदीप आचार्य हुँ भन्दै लगातार फोन गर्न थाले,” ढुङ्गेलले भने। अनुसन्धानका क्रममा केसी नक्कली डिआइजी बनेर फोन गर्ने गरेको भेट्टिएपछि केसीलाई पक्राउ गरिएको उनले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell