PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

लहानमा पनि स्मार्टकार्ड वितरण



पहिलोपोस्ट

लहानमा पनि स्मार्टकार्ड वितरण

लहान: यातायात व्यवस्था कार्यालय लहानले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को स्मार्टकार्ड वितरण सुरु गरेको छ।

पहिलो चरणमा सवारी चालक अनुमतिपत्रको प्रतिलिपि बनाउन आउने सेवाग्राहीलाई स्मार्टकार्ड वितरण सुरु गरेको यातायात व्यवस्था कार्यालय लहानका शाखा अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्मार्टकार्ड लागू भएपछि सेवाग्राही उत्साहित भएका छन्।


राजश्व कार्यालयभित्र ग्लोबलको काउन्टर

यसैगरी, आन्तरिक राजश्व कार्यालय लहानको हाताभित्र आइतबारदेखि ग्लोबल आइएमी बैंकको काउन्टर सञ्चालनमा आएको छ।

आन्तरिक राजश्व कार्यालयमा कर बुझाउन आएका करदाताको सुविधालाई दृष्टिगत गरी सञ्चालनमा आएको बैंक काउन्टरको आइतबार एक कार्यक्रमबीच आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले उद्घाटन गरे।

करदातालाई बैंकिङ्ग प्रणालीबाट कर बुझाउन सहज होस् भन्ने उद्देश्यले आन्तरिक राजश्व कार्यालयको परिसरभित्रै बैंकको काउन्टर सञ्चालन गरिएको प्रमुख कर अधिकृत अधिकारीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell