PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

८४ वर्षीय बृद्ध ६ वर्षीय बालिका बलात्कारको आरोपमा पक्राउ



पहिलोपोस्ट

८४ वर्षीय बृद्ध ६ वर्षीय बालिका बलात्कारको आरोपमा पक्राउ

चरिकोट: दोलखाको भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदीले ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन्।

नाबालिकाको आफन्तले वृद्ध सुवेदीले जबर्जस्ती करणी गरेको थाहा पाएपछि प्रहरीलाई जाहेरी दिएसँगै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए।

प्रहरीले सुवेदीलाई पक्राउपछि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

प्रहरीका अनुसार नाबालिकालाई ८४ वर्षीय वृद्ध सुवेदीले आफू बस्ने कुटीमा लगी ललाई-फकाई लहरे आँप दिने भन्दै प्रलोभनमा पारी करणी गरेक हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell