PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

गाई काटेको अभियोगमा दुई जना पक्राउ



पहिलोपोस्ट

गाई काटेको अभियोगमा दुई जना पक्राउ

पोखरा: गाई काटेको अभियोगमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ। पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।

जङ्गलमा गाई काटेको सुराकीका आधारमा सो स्थानमा पुगेको प्रहरी टोलीले गाईको टाउको, खुट्टा र आलो मासुसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वबन्धु पोख्रेलले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell