PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

यू १९ विश्वकप छनोट : कप्तान सन्दीपको ५ विकेट, सिंगापुर ७३ रनमा अलआउट



पहिलोपोस्ट

यू १९ विश्वकप छनोट : कप्तान सन्दीपको ५ विकेट, सिंगापुर ७३ रनमा अलआउट
फाइल फोटो

काठमाडौँ : कप्तान सन्दीप लामिछानेले ५ विकेट झारेपछि आइसीसी यू-१९ विश्वकपको एसियन छनोटमा नेपालले सिंगापुरलाई ७३ रनमै अलआउट गरेको छ।

सिंगापुरको दलाङस्थित सिंगापुर क्रिकेट मैदानमा सन्दीपले नै टस जित्दै फिल्डिङ रोजेका थिए। जसलाई सन्दीप नेतृत\वको बलिङ युनिटले सहि सावित गरिदियो।

नतिजा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली २९ ओभरमै ७३ रनमा अलआउट भयो। सिंगापुरलाई अलआउट गर्न नेपालका लागि ८ ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै २१ रन खर्चर ८ विकेट लिए। यस्तै शहाब आलमले ३ तथा किशोर महतोले २ विकेट लिए।

सिंगापुरका लागि ब्रिगु आएरले सर्विधक ४२ तथा सिएन अग्रवालले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

जवाफमा ७४ रनको लक्ष्यका साथ मैदान उत्रेको नेपालको सुरुवात गतिलो रहेन। यो समाचार तयार पार्दासम्म नेपालका ओपनरद्वय सन्दीप सुनार १ र आसिफ शेख ४ आउट भइसकेका छन्।

दुवैको विकेट सिंगापुरका अर्यमन सुनिलले लएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell