PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

फेडेररले जिते कीर्तिमानी आठौँ विम्बलडन उपाधि



पहिलोपोस्ट

फेडेररले जिते कीर्तिमानी आठौँ विम्बलडन उपाधि

टेनिसका लेजेण्ड रोजर फेडेरर कीर्तीमानी आठौँ पटक विम्बलडन ओपन टेनिसको उपाधि जित्दै कूल ग्राण्ड्सलाई संख्या १९ पुर्‍याएका छन्।

वर्षको तेस्रो ग्राण्ड्सलामको रुपमा रहेको विम्डलनको उपाधि जित्ने क्रममा स्विस स्टार फेडेररले मारिन सिलिचलाई ६-३, ६-१, ६-४ ले हराए।

३५ वर्षीय फेडेररले कीर्तिमानी आठौँ पटक विम्बलडनको उपाधि जित्ने क्रममा सिलिचलाई १ घण्टा ४१ मिनेटमै हराए। सन् २०१२ यता फेडेररको यो पहिलो विम्बलडन उपाधि हो। खेल दौरान सिलिचको खुट्टामा चोट लागेको थियो। तर पनि उनले फेडेरर विरुद्ध खेलेका थिए।

दोस्रो सेटमा उनलको देब्रे खुट्टामा चोट लागेपछि उनको आँशु झारेका थिए। सिलिचको शारिरिक अवस्थाबारे फेडेररले भनेका छन्। 'कहिलेकाँही यो निर्मम हुन्छ।'

फेडेरर टेनिसको ओपन एरामा सबैभन्दा बढी उमेरमा विम्बलडन जित्ने पहिलो खेलाडी समेत बनेका छन्।

यस वर्ष भने फेडेररले जितेको यो दोस्रो ग्राण्ड्स्लाम उपाधि हो। उनले वर्षको पहिलो ग्राण्ड्स्लाम अष्ट्रेलियन ओपनको उपाधि जितेका थिए।

यस्तै फेडेररले पिट साम्प्रास र विलियम रेनशालाई पछि पारेका छन्। यी दुईले समान ७ पटक विम्बलडन उपाधि जितेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell