PahiloPost

May 24, 2026 | १० जेठ २०८३

साउने सोमबार, शिवालयमा भक्तजन: हेर्नुस् फोटोमा

साउने सोमबार, शिवालयमा भक्तजन: हेर्नुस् फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ: हिन्दु धर्मालम्बीहरुले साउन महिनाको सोमबारलाई विशेष रुपमा मनाउने गर्छन। साउनको सोमबार हिन्दु महिलाहरु भगवान शिवको व्रत बस्ने गर्छन। साउन महिनाका सोमबारका दिन विशेषगरी शिवालयहरुमा महिला भक्तजनको भीड लाग्ने गर्छ।

साउनको सोमबारमा पशुपतिनाथ, झक्तपुरको डोलेश्वर, चितवनको देवघाट लगायतका शिवालयमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ। साउन महिनामा महिलाहरु हरियो पहिरनमा रहने गर्छन।

साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड लागेको छ। पाशुपत क्षेत्रका शिवालयमा उपस्थित दर्शनार्थी हेर्नुस् तस्विरमा।


ट्रेन्डिङ पोस्ट

Ncell