PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

कोनकाकाफ गोल्डकप : जमैकालाई बराबरीमा रोक्दै एल साल्भाडोर अन्तिम आठमा, क्वाटरफाइनल समिकरण पूरा



पहिलोपोस्ट

कोनकाकाफ गोल्डकप : जमैकालाई बराबरीमा रोक्दै एल साल्भाडोर अन्तिम आठमा, क्वाटरफाइनल समिकरण पूरा

अमेरिका भइरहेको कोनकाकाफ गोल्डपकको क्वाटरफाइनल समिकर पूरा भएको छ। समूह सी अन्तर्गत गएराती भएका दुई खेल पछि क्वाटरफाइनल खेल्ने आठ टोलीको टुङ्गो लागेको हो।

जसमा मेक्सिकोले कुरासाओलाई २-० ले हरायो भने जमैका र एल साल्भाडोद्रले १-१ को बराबरी खेले। जमैकासँग अंक खोस्न सफल एल साल्भाडोर तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट दुईमा पर्दै क्वाटरपाइनल पुगेको हो।

यता मेक्सिको समूह सी को विजेता बन्यो भने जमैका उपविजेता बन्यो। समूहमा मेक्सिकोले ७, जमैकाले ५ र एल साल्भाडोरले ४ अंक जोडेका थिए।

मेक्सिकोलाई जित दिलाउन एन्जेल सेपुलभेडा र एडसन अल्भारेजले गोल गरे।

उता नेल्सन बोनिलाले गोल गर्दै एल साल्भाडोरलाई पहिले अग्रता दिलाएपनि डारेन म्याटोक्सले जमैकाका लागि बराबरी गोल फर्काए।

अब क्वाटरफाइनलमा एल साल्भोडवरले आयोजक अमेरिका तथा मेक्सिकोले होण्डरोससँग खेल्नेछ। अन्य क्वाटरफाइनलमा कोस्टारिकाले पनामा तथा जमैकाले क्यानडासाग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell