
तेहरान : इरानी राष्ट्रपति हसन रौहानीका भाइ हुसैन फेरियदौनलाई आर्थिक अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।
फरियदौनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको र यससम्बन्धि मुद्दामा अन्य केही जनालाई पनि अनुसन्धानको दायरामा ल्याइएको न्यायलयका उपप्रमुख गुलामहुसैन मोहसेनी एजाइले एक टेलिभिजनसँगको कुराकानीमा बताए ।
राष्ट्रपतिका भाइ फेरियदौनलाई शनिबार धरौटी जम्मा गरी तारिखमा बस्ने सुविधा प्रधान गरिएको भएपनि धरौटी जम्मा गर्न असमर्थ भएका कारण उनलाई सुरक्षा नियन्त्रणमा लिइएको एजाइले बताए। रासस/सिन्ह्वा