PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

नेपाली सेनाकी रमा सिंहले जर्मनीमा हुने वर्ल्ड फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

नेपाली सेनाकी रमा सिंहले जर्मनीमा हुने वर्ल्ड फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौं : जर्मनीमा हुने वर्ल्ड फेन्सिङ च्याम्पियनसिप-२०१७ मा नेपालबाट सेनाकी रमा सिंह सहभागी हुँदैछिन्।

यही जुलाई १८ देखि २६ सम्म जर्मनीको लिपिजमा हुने वर्ल्ड फेन्सिङ च्याम्पियनसिप-२०१७ मा नेपालको तर्फबाट नेपाली सेनाकी खेलाडी सुश्री रमा कुमारी सिंहले प्रतिस्पर्धा गर्ने भएकी हुन्।

उनले महिला तर्फको फोयल इभेण्टमा प्रतिस्पर्धा गर्नेछिन्।

भोलीबाट सुरु हुने च्याम्पियनसिपमा रमासँगै नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठ र सचिव हेल्गा रायमाझी राणा अफिसियलको रुपमा सहभागी हुनेछन्।

उनीहरुलाई आइतबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्ट र कीर्तिपुर नगरपालिकाका मेयर तथा नेपाल जुडो संघका उपाध्यक्ष रमेश मर्हजनले संयुक्त रुपमा बिदाइ गरेका थिए।

नेपाली टोली आज (सोमबार) जर्मनी जाँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell