PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

भारतमा राष्ट्रपतिको निर्वाचन सुरु, नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा आजै हुने



रासस

भारतमा राष्ट्रपतिको निर्वाचन सुरु, नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा आजै हुने

नयाँदिल्ली :  भारतीय राष्ट्रपतिको निर्वाचन राजधानी नयाँ दिल्लीमा सुरु भएको छ  सोमबार बिहान सुरु भएको  निर्वाचनमा भारतको लोकसभाका र राज्य सभाका सांसदले मतदान गर्दैछन्। 

यस निर्वाचनमा भारतीय जनता पार्टीका तर्फबाट रामनाथ कोविन्द उम्मेदवार छन्। त्यस्तै भारतीय विपक्षी दल कांग्रेसकातर्फबाट मीरा कुमार उम्मेदवार छन्। 

भारतको संसदमा सत्तारुढ दल भारतीय जनता पार्टीको गठबन्धनको स्पष्ट बहुमत रहेकोले सो गठबन्धनका उम्मेदवार कोविन्द विजयी हुने निश्चितजस्तै रहेको बताइएको छ। 

संसदमा अहिले मतदान जारी रहेको बताइएको छ। सोमबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेपछि भारतीय जनता पार्टीका सांसदहरुले लाम लागेर संसद भवनमा मतदान गरेका थिए। 

यससँगै सबै सांसद मतदान प्रक्रियामा सहभागी भएका नयाँदिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ। आज नै नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा हुनेछ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell