PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

भारतीय सैनिकले आफ्ना चार सैनिकको हत्या गरेको पाकिस्तानको आरोप



रासस

भारतीय सैनिकले आफ्ना चार सैनिकको हत्या गरेको पाकिस्तानको आरोप
फोटो श्रोतः jagran.com

पाकिस्तान :  विवादास्पद क्षेत्र काश्मिरको सीमा क्षेत्रमा भारतीय सैनिकले गोली हानी आफ्ना चार जना सैनिकको हत्या गरेको पाकिस्तानले आरोप लगाएको छ। 

पाकिस्तानी सैनिकले आइतबार अपरान्ह भारतीय सैनिक पक्षबाट पाकिस्तानी सेनाको गस्ती टोलीको सवारीमा पनि क्षति पुर्याएको बताएको छ। 

पाकिस्तान प्रशासित काश्मिरी क्षेत्र निलम उपत्यकामा हत्या भएको बताइएको छ। पाकिस्तानी सेनाले भारतकातर्फबाट आक्रमण भएको र आफूहरुले जवाफी फायर गर्नुपरेको जानकारी दिएको छ। 

पाकिस्तानी सेनाले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ।  घटनाको पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले निन्दा गरेका छन्। 

साथै उनले पाकिस्तानी सैनिकले सीमा क्षेत्रमा गरेको प्रतिरक्षाको कामका लागि धन्यवाद दिएका छन्। यस विषयमा भारतीय पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell