
काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तर्गत उज्वेकिस्तान विरुद्ध खेल्ने नेपाल-२३ टोलीको नाम सार्वजनिक भएको छ।
मुख्य प्रशिक्षक राजुकाजी शाक्यले युएई विरुद्ध खेलेको टीममा दुई खेलाडी परिवर्तन गरेका छन्। डिफेण्डर अमित तामाङको स्थानमा कमल श्रेष्ठ तथा मिडफिल्डरद्वय हेमन्त थापा मगर र सुनिल बालको स्थानमा पुजन उपरकोटी र विश्वा श्रेष्ठलाई पहिलो रोजाईँमा राखिएको छ।
यी तिनै खेलाडी युएई विरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।
नेपाल र उज्वेकिस्तान बीचको खेल आज बेलुका ८:१० बजे अल अइनस्थित ताहनोउन बिन मोहम्मद स्टेडियममा हुनेछ।
नेपाल पिहलो खेलमा आयोजक युएईसँग ५-० ले पराजित भएको थियो।
नेपाली टोलीले आज पनि रातो जर्सीमा खेल्नेछन्।
नेपाल-२३ पहिलो रोजाईँ
गोलकिपर : एलेन न्यौपाने
रक्षक : दlनेश राजवंशी, अनन्त तामाङ, गौरब बुढाथोकी, कमल श्रेष्ठ
मिडफिल्ड : सुमन लामा, पूजन उपरकोटि, हेमन गुरुङ, बिश्वास श्रेष्ठ
फरवार्ड : विमल घर्ती मगर, अन्जन बिष्ट