PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

कति कमायो 'दंगल'ले चाइनामा?



पहिलोपोस्ट

कति कमायो 'दंगल'ले चाइनामा?

सन् २०१६ बलिउड हिट फिल्म 'दंगल'ले चाइना बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ। चीनमा केही साता अघिबाट मात्र प्रदर्शनमा आए पनि चाइनिज बक्सअफिसमा हिन्दी फिल्मको कलेक्शनमा फिल्मले एतिहासिक रेकर्ड बनायो। फिल्मले एक सय एकानब्बे मिलियन अमेरिकी डलर कमाएको बलिउड हंगामाले जनाएको छ।

दंगलका कारण चाइनामा अन्य बलिउड फिल्म केही हप्ता प्रदर्शन समेत होल्ड भएको थियो। मार्चबाट चीन प्रदर्शन सुरु भएको फिल्मले भारतमा पनि छोटो समयमा अत्याधिक ग्रस कलेक्शन गर्ने फिल्मको रेकर्ड बनाएको थियो। हालसम्ममा फिल्मको कुल कलेक्शन भारत भित्र र बाहिर गरी १९ करोड ७९ लाख भएको छ। चीनमा १२ करोड २७ लाख, ताइवानमा ३६ करोड १२ लाख, भारतमा ७ सय करोड १६ लाख कमाएको हो।

नितेश तिवारी निर्देशित फिल्मरमा आमिर खानले भारतिय रेस्लर महाबिर सिंह फोगतको भूमिका निभाएका छन्। फिल्मको विषयले महिलाहरुको सामाजिक, व्यक्तिगत र व्यवसायिक विकास बारे संदेश प्रवाह गरेकोले फिल्म चीनका दर्शकमाझ चर्चामा रहेको जनाइएको थियो।

आमिर खानको फिल्म चाइनामा प्रदर्शन भएको यो पहिलो पटक भने होइन। यसअघि फिल्म 'थ्रि इडियट्स' प्रदर्शन भएको थियो। फिल्मले निकै लोकप्रियता कमायो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell