PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

पोखराका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो 



पहिलोपोस्ट

पोखराका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो 

  • नरहरि पौड्याल
पोखराः साउनको पहिलो सोमबार पोखराको केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यबासीनीमा रहेको शिव मन्दिर तथा नदी, तलाउहरुमा शिवको पूजा आराधना र जल चढाउने भक्तजनको घुइँचो लागेको छ।

पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिइ भक्तजनहरु शिवलिङ्गमा जल चढाउन बिहानैदेखि लाइनमा बसेका छन्।

 साउन महिनामा खासगरी हिन्दु धर्मालम्बीहरुले भगावन शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ। हिमालयकी पुत्री पार्वतीले साउन महिनामा निराहार ब्रत बसेर भगान शिवलाई प्राप्त गरेको विश्वासमा महिलाहरुले साउनमा ब्रत बस्ने गर्दछन्।

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समितिले गरेको पोखरामा बोलबम शिवपथ जलयात्रामा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो।

बोलबम यात्रा गाईघाटबाट सुरु भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोकहुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुगेको थियो।

गेरुबस्त्र धारण गरेका सहभागीहरुले भगवान शिवको महिमा सम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरेका थिए। गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रासहित वैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलचढाएर उनीहरुले पूजा अर्चना गरेका छन्।

साउनको महिनालाई भगवान शिवको नाममा उपासना बसी शिव महिमा गरिने विशेष महिना मानिने हुँदा भक्तजनहरु उपासनासहित नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल ल्याउने र शिवलिंङ्गमा चढाउने गर्दछन्।

यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। पोखरामा विशेषगरी केदारेश्वर, गाईघाट, बिन्धवासीनी, रामघाटलगायतका स्थानहरुमा पूजा आराधानासहित जल र दूध सेचन गर्ने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell