PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

भरतपुर महानगरका तीन वडालाई लक्षित गरी खानेपानी आयोजना निर्माण सुरु, २ हजार १६ घर लाभान्वित हुने



पहिलोपोस्ट

भरतपुर महानगरका तीन वडालाई लक्षित गरी खानेपानी आयोजना निर्माण सुरु, २ हजार १६ घर लाभान्वित हुने

  • राजेन्द्र आचार्य
चितवन : चितवनको भरतपुर महानगरमा २१ करोड रुपैयाँको लागतमा नयाँ खानेपानी आयोजना निर्माण सुरु गरिएको छ।

महानगरका ९, ११ र १२ नम्बर वडालाई लक्षित गरी धनगढा खानेपानी आयोजना सुरु गरिएको  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख शालिग्राम पौडेलले जानकारी दिए।

आयोजनाको सोमबारदेखि औपचारिक रुपमा निर्माण सुरु गरिएको छ । आयोजना २०७५ माघ सम्ममा सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष तारानाथ शर्माले जानकारी दिए।

केरुङ्गा घोलको पूर्व क्षेत्रका बासिन्दा आर्सेनिकयुक्त पानी खान बाध्य भएपछि तीन वडाका २ हजार १६ घरधुरीलाई लक्षित गरी आयोजना निर्माण सुरु गरिएको हो।

‘यहाँ स्वच्छ खानेपानीको निकै समस्या थियो, अध्यक्ष घिमिरेले भने– भरतपुर खानेपानी वोर्डको सहकार्यमा डिप बोरिङ्गबाट वितरण पानी सबैको पुग्न सकेको थिएन्, अब सबैले स्वच्छ पानी पिउन पाउनेछौँ ।’

डिभिजनको ७० प्रतिशत र भरतपुर खानेपानी वोर्ड र स्थानीय उपभोक्ता समितिको ३० प्रतिशत  लगानी आयोजनामा छ। आयोजना शर्मा सगरमाथा जेविले निर्माण गदैछ ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell