PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सिंगापुर विरुद्ध ५ विकेट लिएपछि सन्दीपबारे के भने माइकल क्लार्कले?



पहिलोपोस्ट

सिंगापुर विरुद्ध ५ विकेट लिएपछि सन्दीपबारे के भने माइकल क्लार्कले?
Photo : http://www.cricket.com.au

काठमाडौं : कप्तान सन्दीपले ५ विकेट लिएपछि नेपालले आइसीसी यू-१९ विश्वकप छनोटको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हरायो। सोमबार सिंगापुरमा भएको खेलमा सन्दीपले ८ ओभर बलिङ गर्दै २ मेडन राखेर २१ रन खर्चदै ५ विकेट झारेका हुन्।

सन्दीपको उक्त प्रदर्शनपछि अष्ट्रेलियन वर्ल्ड कप विनिङ कप्तान माइकल क्लार्कले ट्वीटमार्फत प्रतिक्रिया दिएका छन्।

फोटो : रमन शिवाकोटी

खेलपछि सुजनले गरेको ट्वीटलाई कोट ट्वीट गर्दै क्लारकले आफू कुनै आर्चश्यमा नपरेको बताएका छन्।

'आइ एम नट सरप्राइज्ड…… हि इज लिटिल सुपरस्टार'
 

गत वर्षको नोभेम्वरमा सन्दीपले क्लार्को निमन्त्रणामा अष्ट्रेलियन प्रिमियर ग्रेड क्रिकेट टुर्नामेन्ट खेल्नुका साथै क्लार्को एकेडेमीमा प्रशिक्षण समेत लिएका थिए।

त्यसअघि हङकङमा भएको टी-२० ब्लिट्ज क्रिकेटमा क्लार्क र सन्दीपको भेट भएको थियो। उनीहरुले त्यहाँ एउटै क्लबबाट खेलेका थिए। त्यही सन्दीपको खेल देखेर प्रभावित बनेका क्लार्कले सन्दीपलाई थप प्रशिक्षणका लागि अष्ट्रेलिया बोलाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell