PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

नापतौल ठगी गर्ने पूर्वाञ्चलका २,६७५ व्यवसायीलाई कारबाही



रासस

विराटनगर : नापतौलमा अनियमिमता गरी उपभोक्तालाई ठगी गर्ने पूर्वाञ्चलका दुई हजार ६७५ व्यवसायी एवम् व्यापारीलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले कारबाही गरेको छ। 

आर्थिक वर्ष २०७३÷७४ को एक वर्षको अवधिमा नापतौलयन्त्रको जाँच नगराउने, उपभोक्तलाई तौलमा ठगी गर्ने व्यवसायीको फर्ममा छड्के एवम् नियमित रुपमा गरिएका अनुगमन पछि कारबाही गरिएको कार्यालय प्रमुख मनिष दासले जानकारी दिए। 

सोही अवधिमा कार्यालयले दुई हजार ७६ व्यवसायीलाई कारोबारका लागि नापतौल यन्त्र सम्बन्धी नयाँ इजाजतपत्र प्रदान गरेको जनाएको छ। 

कार्यालयले नापतौल सम्बन्धी नयाँ इजाजतपत्र वितरण र कारबाहीबाट आर्थिक वर्ष २०७३/७४ मा रु एक करोड १० लाख १७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । 

पूर्वाञ्चलका सात हजार ३४५ व्यवसायीले आफ्नो कारोबार गर्ने नापतौल यन्त्रको जाँचसमेत गराएका थिए ।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell