PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

काठमाडौं महानगरको बजेट आगामी आइतबार आउने



पहिलोपोस्ट

काठमाडौं महानगरको बजेट आगामी आइतबार आउने

काठमाडौंः काठमाडौं महानगरपालिकाले आगामी आइतबार बजेट सार्वजनिक गर्ने भएको छ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आइतबारदेखि जारी पहिलो  सभाले आगामी आइतबार बिहान ११ बजे बजेट सार्वजनिक गर्ने भएको हो।

काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले पहिलो नगर सभाको बैठकले बजेटको काम गरिहेको र ८ गते सार्वजनिक गर्ने तयारीमा रहेको पहिलो पोस्टलार्इ जानकारी दिए। 

आचार्यले आइतबारदेखि जारी नगर सभाले बजेट सार्वजिक गर्यो  भन्दै विभिन्न संचारमाध्यममा आएका समाचारहरु आधिकारिक नभएको बताए। 

उनले पहिलो पहिलोपोस्ट भने, ‘सूचना अधिकारी म हुँ त्यसैले यहाँका सूचना आधिकारिक रुपमा सार्वजनिक भएको मलार्इ थाहा छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell