PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

प्रधानन्यायाधीशको प्रतिवद्धताः छिटो र कम खर्चमा न्याय 



रासस

प्रधानन्यायाधीशको प्रतिवद्धताः छिटो र कम खर्चमा न्याय 


काठमाडौँ : नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र कम खर्चमा न्याय दिने गरी आफूले काम गर्ने बताएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ गराएलगत्तै सर्वोच्च अदालतमा आएर प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गर्दै पराजुलीले छिटो र कम खर्चमा न्याय दिनका लागि कर्मचारीलाई समयभन्दा बढी काममा लगाएर भए पनि काम गर्ने योजना रहेको बताए। 

उनले भने,‘सूचना प्रविधिको प्रयोग गरी अनलाइनबाटै म्याद तामेली, तारेख कम खर्चमा गर्न सकिने, असहाय मानिसलाई अदालत शुल्क नलिए हुन्छ कि, कसरी न्यायिक सुधार गर्न सकिन्छ भन्नेतर्फ सोचेको छु।’

आफूले न्यायिक सुधारसम्बन्धी ३९ बुँदे कार्ययोजना तय गरेको र सोहीअनुसार काम गर्ने उल्लेख गर्दै अदालत र बार एशोसिएसनबीच आपसी छलफलबाट काम गर्ने उनको भनाइ थियो। 

पराजुलीले भने,‘जता गयो त्यतै गुनासो छ, न्याय ढिला भयो, ढिला न्याय दिनु भनेको न्याय नदिनुसरह हो भन्ने तर संविधानले दिएको जिम्मेवारीभित्र रहेर काम गर्नेछु।’रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell