PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

‘२ रुपैयाँ’को प्रचारमा ‘कुटुमा कुटु’ चर्चाको योगदान



पहिलोपोस्ट

‘२ रुपैयाँ’को प्रचारमा ‘कुटुमा कुटु’ चर्चाको योगदान

काठमाडौँ: फिल्म दुई रुपैंयाले प्रोडक्शनको काम सक्किनु अघि फिल्मको लगानी उठाएको फिल्म युनिटको दाबी छ। सोमबार फिल्मको गीत ’कुटुमा कुटु सुपारी दाना’ले युट्युबमा एक करोड हिट्स कमाएको उपलक्ष्यमा युनिटले कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा निर्देशक असिम शाहले भने,’गीतले छोटो समयमै एक करोड हिट्स कमाउनु पनि फिल्मको उपलब्धि हो।‘ उनले फिल्मको लगानी समेत उठ्ने पक्का भएको पहिलोपोस्टलाई बताए।

भदौ २३ गतेबाट प्रदर्शनमा आउने फिल्मको म्युजिकल तथा इन्टरनेशनल राइट्स बिक्री गरी सकेको छ। हाइलाइट्स नेपालले फिल्मको डिजिटल राइट्स खरिद गरेको हो। गीत कुटुमा कुटुले फिल्म प्रचारमा निकै राम्रो भूमिका निर्वाह गरेको असिम बताउँछन्। गीतको चर्चाले दर्शक स्रोतालाई फिल्म बारे जानकार बनाएको सुनाउँदै भन्छन्,’हाम्रा दर्शक, समर्थक, र प्रशंसकहरूको साथले यो सबै सम्भव भयो। फिल्म पनि उहाँहरुलाई निराश नपार्ने बनेको छ।‘

गत असार ३१ गते शनिबारको दिन बिहान ‘कुटुमा कुटु’ले १ करोड युट्युब हिट्स बटुल्दै सबैभन्दा कम समय (४९ दिन) मा १ करोड भ्युज पाउने पहिलो नेपाली भिडियो बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell