PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

सत्यराज आचार्यको गजल ‘नचलाउ मलाई’ अब भिडियोमा



पहिलोपोस्ट

सत्यराज आचार्यको गजल ‘नचलाउ मलाई’ अब भिडियोमा

काठमाडौं: गायक सत्यराज आचार्यको एल्बम ‘मधुशाला’मा समावेश गजल ‘नचलाउ मलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ। अष्ट्रेलियामा छायांकन गरिएको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो।

किरण कँडेलद्वारा संगीत संयोजन गरिएको उक्त गीतका लागि शब्द तथा संगीत गायक सत्यराज आचार्यले नै दिएका हुन्। सार्वजनिक भिडियोको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन्। जसमा स्वयंम सुरेन श्रेष्ठ र निशा श्रेष्ठको फिचरिङ रहेको छ। ‍

भिडियोलाई टेक बयलकोटीले खिचेका हुन् भने निशान घिमिरेको सम्पादन रहेको छ। सत्यराज आचार्यको ‘मधुशाला’ एल्बम विश्वकै पहिलो ऐतिहासिक एल्बम हो, जसमा एकै जना श्रष्टाले स्वर, संगीत तथा शब्द रचना गरेका छन्।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell