PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

तनहुँमा महिलाको हत्या, एकजना पक्राउ



पहिलोपोस्ट

तनहुँमा महिलाको हत्या, एकजना पक्राउ

दमौली: तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ डुम्रीस्वाँरा निवासी ५४ वर्षीया डोलमाया रानाभाटको हत्या भएको छ।

सोही ठाउँका २८ वर्षीय भीमबहादुर रानाभाटले ती महिलाको हत्या गरेको तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए।

असार ३१ गते डोलमायाको हत्या गरिएको जानकारी उनले दिए। घरका सबै परिवार विवाहमा गएको मौका पारी घर नजिकैको गोठमा गएका बेला डोलमायाको ती युवकले हत्या गरेका हुन्।

स्थानीय र प्रहरीको टोलीले तत्कालै ती युवकलाई नियन्त्रणमा लिए पनि सदरमुकाम दमौली ल्याउन ढिलो भएकाले घटना दुई दिनपछि सार्वजनिक भएको हो।

शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए। हत्या किन गरियो भन्नेबारेमा भने केही खुल्न सकेको छैन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell