PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

नुहाउने क्रममा सेतीले बगाउँदा तीनजना बेपत्ता



पहिलोपोस्ट

पोखरा: पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपतीघाटबाट सेतीनदीले बगाउँदा तीनजना मजदुर बेपत्ता भएका छन्।

सोमबार साँझ नुहाउने क्रममा सेतीले बगाउँदा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन्।

बालुवा झिक्ने मजदुरका रुपमा काम गर्ने तीनैजना काम सकेर नुहाउने क्रममा नदीले बगाएर बेपत्ता बनाएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए।

उनका अनुसार सँगै नुहाउने गोम्छे नेपालीले खबर गरेपछि प्रहरी टोली उक्त स्थानमा पुगी बेपत्ता भएकाहरुको खोजी तीव्र पारिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell