PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा



पहिलोपोस्ट

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन: नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज बिहान खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ४ः३० बजे खसेको पहिरो पन्छाएर ६ः३० बजेदेखि सवारी आवागमन सञ्चालन गरिएको हो।

रातको समयमा सो सडक बन्द गरिँदै आएको छ । बिहान ४ बजेदेखि सडक खुल्ने भएपनि ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएपछि यातायातका साधन रोकिएका थिए।

पहिरो खसेको ठाउँ मुग्लिनबाट सात किमी नारायणगढतर्फ पर्छ । सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँमा पहिरो खस्ने क्रम बढेपछि सो सडक राति बन्द गरिँदै आएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell