PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

बिदाको दिन पनि मतदाता नामावली संकलन



पहिलोपोस्ट

बिदाको दिन पनि मतदाता नामावली संकलन
तस्बिर : फाइल

राजविराज: निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु गरेको छ।

सो कार्यको पहिलो दिन आइतबार १०० जना र आज दोस्रो दिन १०४ जना महिला, पुरुष गरी २०४ जना छुटेका व्यक्तिहरुको नाम दर्ता गराइएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीका प्रमुख महेशकुमार ठाकुरले जानकारी दिए।

यो कार्य साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय सप्तरीमा कुनैपनि विदाका दिन पनि कार्यालय समयभन्दा एक घण्टा अगाडि र एक घण्टा पछाडि अर्थात् शुक्रबारबाहेक अरु दिन पनि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रमुख ठाकुरले बताए।

यसका लागि कार्यालयमा दुईजना कम्प्युटर अपरेटरसमेत खटाइएको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell