PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

६ महिनामै बन्द भयो लुम्बिनी अञ्चल अस्पतालको टोकन सेवा



पहिलोपोस्ट

६ महिनामै बन्द भयो लुम्बिनी अञ्चल अस्पतालको टोकन सेवा

रुपन्देहीः लुम्बिनी अञ्चल अस्पताल बुटलवले सुरु गरेको टोकन सेवा  सुरुवात भएको ६ महिनामा नै बन्द भएको छ। पुस २६ गतेदेखि बहिरङ्ग सेवाका विरामीले लाइनमा बस्नुपर्ने समस्यालाई निराकरण गर्ने भन्दै सुरु गरिएको सेवा बन्द भएको हो।

चार लाख रुपैयाँको डिस्प्लेसहितको टोकन प्रणाली मेसिन बन्द भएको करिव एक महिना हुँदा समेत सुचारु गर्न अस्पताल प्रशासनले ध्यान दिएको छैन।

लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकारी लक्ष्मीराज रेग्मीले टोकन मेसिन बन्द भएको बारे आफूलाई अहिलेसम्म जानकारी नै नभएको  बताए। व्यवस्थापकीय समस्याका कारण बन्द भएको हुनसक्ने उनले बताए।

टोकन प्रणाली बन्द भएपछि सर्वसाधरण पुनः अव्यवस्थित लाइनमा बस्न बाध्य भएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell