PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

थाइल्यान्डको लघु फिल्म प्रतियोगितामा ओस्कारका ६ विद्यार्थी



पहिलोपोस्ट

थाइल्यान्डको लघु फिल्म प्रतियोगितामा ओस्कारका ६ विद्यार्थी

काठमाडौं: ओस्कार फिल्म कलेजका विद्यार्थी अन्तराष्ट्रिय प्रतियोगिताको लागि छनोट भएका छन्। थाइल्यान्डमा हुने लघु फिल्म प्रतियोगिताका लागि उक्त कलेजका ६ विद्यार्थी चुनिएका हुन्।

जुलाई १९ देखि जुलाई २८ सम्म बैंककमा हुने पाचौं अन्तर्राष्ट्रिय लुघ फिल्म प्रतियोगितामा ओस्कार कलेजको स्नातक तहमा अध्ययनरत ६ जनाले प्रतिस्पर्धाको मौका पाएका हुन्। १० दिनसम्म चल्ने प्रतियागितामा कलेजबाट असिन पौडेल, मणिराज पौडेल, विजय उप्रेती, सजल लोप्चन, दिवस अम्गाइँ र जेसन लोप्चन छानिएका छन्। दुई दुईजना जोडीको रुपमा तीन समूहमा विभाजित भइ प्रतियोगितामा सहभागी हुने बताइएको छ।

प्रतियोगितामा उत्कृष्ट हुने समूहले बनाएको फिल्मले ३ लाख थाइ भाट जित्नेछ। त्यस्तै थप ८ फिल्मले ३० हजार थाई भाट प्राप्त गर्नेछन्। ओस्कार फिल्म कलेज नेपालको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक मात्र फिल्म कलेज हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell