PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

नर्वेलाई ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न परराष्ट्रमन्त्री महराको आग्रह



रासस

नर्वेलाई ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न परराष्ट्रमन्त्री महराको आग्रह

काठमाडौँ : उपप्रधान तथा परराष्ट्रमन्त्री मन्त्री कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रिया तथा भूकम्पका बेला राहत तथा उद्धारका साथै पुनःनिर्माणमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रमा नर्वेली सहायता र लगानी विस्तार गर्न आग्रह गरेका छन्। 

आफ्नो चारवर्षीय कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि नर्वेली राजदूत चेल तोरमोड पेटर्सेनसँग आज परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटमा परराष्ट्रमन्त्री महराले संक्रमणकालको अन्त्यसँगै नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे। 

मन्त्रालयका अनुसार राजदूत पेटर्सेनले नर्वेले नेपालमा ऊर्जा क्षेत्रमा लगानी बढाउन चाहेको बताउँदै यहाँको आर्थिक, सामाजिक र प्रजातान्त्रिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell