काठमाडौं: ‘प्रेमगीत २’ को नयाँ गीत सार्वजनिक भएको छ। फिल्मको ‘न त हाँस्न नै’ बोलको गीत युट्युबमार्फत भिडियो सहित रिलिज भएको हो। गीतमा सागर संसार राईको स्वर रहेको छ। राई अघिल्लो पटक फिल्मले आयोजना गरेको कभर गीत प्रतियोगिताको विजयी हुन्।
साउन १३ गतेबाट प्रदर्शन हुने फिल्मको उक्त गीतले विछोडको कथा बोल्छ। गीतलाई एलिस कार्कीले कम्पोज गरेका हुन्। मनिषा खड्का गीतकार हुन्।
प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन, शिशिर भण्डारी अभिनित फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्। आशुसेन फिल्मसद्धारा निर्मित फिल्मलाई नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको छ।
हेर्नुस भिडियो: