PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

काठको पुल भाँचिएर खोलाले बगाउँदा जाजरकोटमा एक जनाको मृत्यु



रासस

काठको पुल भाँचिएर खोलाले बगाउँदा जाजरकोटमा एक जनाको मृत्यु

जाजरकोट : जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका वडा नं ३ मा काठको पुल भाँचिएर खोलाले बगाउँदा सोही स्थानका ४३ वर्षीय हुमबहादुर परियारको मृत्यु भएको छ। 

टट्टा र बाँस्कोटीको बीचमा रहेको साङ्टखोलामा रहेको काठको पुल भाँचिएपछि पुलको बीचमा हिँडिरहेका परियार खोलामा परेका थिए।

करिब २०० मिटर तल खोलाले बगाएपछि परियारको मृत्यु भएको स्थानीय लक्ष्मण रसाईलीले जानकारी दिए। 

पक्की पुलको माग गर्दै आएका यहाँका स्थानीयवासी काठद्वारा निर्माण गरेको पुलको सहारामा खोला वारपार गर्ने गर्दथे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell