PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

मोदी गाउँपालिकाको बजेट ३७ करोड ४३ लाख



रासस

पर्वत : मोदी गाउँपालिकाको प्रथम गाउँसभाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि ३७ करोड ४३ लाख १२ हजार बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरी पारित गरेको छ। 

सोमध्ये चालुतर्फ २५ करोड ६४ लाख ४० हजार र पूँजीगततर्फ ११ करोड ७८ लाख ७२ हजार विनियोजन गरिएको छ। गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सेती महतले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न सकिने गरी योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए। 

बजेटमा गाउँपालिका सवै वडामा सडकको पहुँच विस्तार गर्ने, गुणस्तरीय शिक्षामा सबै नागरिकको पहुँच अभिवृद्धि गर्ने, वन–पर्यटन– उद्योग– जलविद्युत्, व्यावसायिक कृषि तथा पशुपालनको माध्यमद्वारा स्वरोजगार र रोजगार सिर्जना गरी युवालाई पलायन हुनेबाट रोक्ने योजनालाई पनि नगरसभाले प्राथमिकतामा राखेको बताइएको छ।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell