PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

गोसाइँकुण्ड मेलालाई लक्षित गरी खाद्यान्न भण्डारण



रासस

रसुवा : गोसाइँकुण्ड पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन धार्मिक मार्गका विभिन्न स्थानमा आवश्यक खाद्यान्न ढुवानी गरिएको छ। 

यस वर्षको गोसाइँकुण्ड मेला  साउन १३ गते जनैपूर्णिमाको दिन परेको छ। चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङका अनुसार मुख्य पर्वका दिन धार्मिकस्थलमा ठूलो भीड लाग्ने भएकाले दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट, चिउरा, दालमोठलगायत आवश्यक खाद्य सामग्री ढुवानी गरी भण्डारण गरिएको हो। 

धार्मिक मार्गका विभिन्न ठाउँमा १५ हजारभन्दा बढी भक्तजनलाई पुग्ने खाद्यान्न ढुवानी भइसकेको बताउँदै तामाङले विद्यमान होटलको सुधार र अस्थायी छाप्रो बनाउने काम भइरहेकाले कुनै पनि यात्रुलाई बासको समस्या नपर्ने स्पष्ट पारे। 

जिल्लाको उच्च भागमा पर्ने तीर्थस्थलको उचाइ समुद्री सतहदेखि १४ हजार १०० फिट छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell