PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

यस्तो छन् केही हिट बलिउड हेयर स्टाइल



पहिलोपोस्ट

यस्तो छन् केही हिट बलिउड हेयर स्टाइल

फिल्ममा कलाकारले अपनाएको स्टाइल र फेशन फ्यानहरुले पनि सिक्नु सामान्य मानिन्छ। अभिनेत्रीहरुको हकमा उनीहरुको स्टाइल चाडो कपी हुने भएपनि अभिनेताहरुको केही यस्ता स्टाइल छन् जुन ट्रेन्ड सेटर नै बन्यो।



गत शुक्रबार मात्र प्रदर्शनमा आएको फिल्म 'जग्गा जासुस'मा रणबिरले बनाएको कपालको केही चर्चा भएको थियो। यो नौलो कुरा भने होइन। यसअघि नै अमिताभ बच्चन, शाहरुख खान, सलमान खान लगायतको हेयर स्टाइल चर्चामा आए। यहाँ प्रस्तुत छन् केही हेयर स्टाइल जसलाई आम दर्शकले फेशनको रुपमा अपनाए।

सलमान खानको तेरे नाम हेयर स्टाइल



असल प्रेमीको भूमिका निभाएका थिए सलमान खानले फिल्म तेरे नाममा। फिल्मले उनको अभिनयको तारिफलाई त चुलीमा पुर्‍यायो नै साथै फिल्ममा उनले बनाएको कपालले छुट्टै चर्चा कमायो। जसमा उनले बिचमा सिउँदो काँटेर कपाल दुई तिर बनाएका थिए। 

आमिर खानको गजनी हेयर स्टाइल



फिल्म गजनीमा आमिर खानले बनाएको कपाल एकताका फेशन नै बन्यो। विशेष गरी युवा पुस्ताले उनको कपालको स्टाइल कपि गरे। जसमा निकै छोटो बनाएर काटेको कपालमा पनि ब्लेड गरेर फरक फरक डिजाइन बनाइन्थ्यो।

राहुल रायको आशिकी स्टाइल



फिल्म आशिकीबाट निकै चर्चामा आयो अभिनेता राहुल रायको हेयर स्टाइल। जसमा उनले आफ्नो कपाललाई थाइकट गरेका थिए। फिल्मबाट अभिनयको लागि तारिफ नबटुले पनि उनको कपालको तारिफ भयो। बिबिसी हिन्दीसँग उनले आफ्नो आशिकी हेयर स्टाइल बारे भनेका छन्,'मेरो आशिकी स्टाइलको महेश भट्ट, सलमान खानले पनि खुलेर तारिफ गरे।'

अमिताभ बच्चनको कान छोप्ने हेयर स्टाइल



हरेक फिल्ममा फरक कपाल बनाउनेमा पर्छन् बलिउड स्टार अमिताभ बच्चन। तर उनको कान छोप्पिने गरी कपाल पाल्ने स्टाइल निकै चर्चामा रह्यो। कलरसम्म आउने उनको हेयर स्टाइल आज पनि धेरैले बनाउँछन्। उनको कपालमा धेरै फेरबदल गर्न नपरेको बताउँछन् फिल्म हेयर स्टाइलिस्ट दीपक सावंत। 'उहाँको डन, दिवार जस्ता चर्चित फिल्ममा समेत एकै किसिमको हेयर स्टाइल भयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell