PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

त्रिशूलीले बगाएर एक कामदार बेपत्ता



रासस

नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित त्रिशूली नदीबाट बालुवा झिक्ने क्रममा बगेर आज मध्याह्न एक युवक बेपत्ता भएका छन्। 

प्रहरीका अनुसार बेपत्ता हुनेमा सिन्धुली, हरिहरपुरगढीका १६ वर्षीय राजु लामा छन्। साथीहरुसँगै बालुवा झिकिरहेका बेला लामालाई त्रिशूलीले बगाएको हो। लामाको खोजी भइरहेको छ।

त्रिशूली नदीमा राति अवैध रुपमा स्काभेटर प्रयोग गरी बालुवा झिक्ने र त्यसलाई वैध बनाउन दिनमा साबेल प्रयोग गरी गाडीमा राख्दा दुर्घटनाको जोखिम बढिरहेको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell