PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

बुवाकै पथमा सुगम पोखरेलकी छोरी एन्जेलिना



पहिलोपोस्ट

बुवाकै पथमा सुगम पोखरेलकी छोरी एन्जेलिना

काठमाडौं: गायक सुगम पोखरेल नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो। उनी निरन्तर संगीत साधनामै छन्। नेपाली संगीत क्षेत्रमा टिक्ने अनि बिक्ने  गायकको सूचीमा पर्छन् उनी।

सांगीतीक क्षेत्रमा भविष्य छैन भन्दै संगीतलाई रहर मात्र बनाउनेहरुको बीचमा गायक सुगमले भने आफ्नै छोरीलाई पनि संगीतकै बाटोमा डोहोर्‍याएका छन्।

सुगम पोखरेलको छोरी एन्जेलिजा पोख्रेलले पनि सांगीतीक यात्रा सुरु गरेकी छिन्। ११ वर्षको उमेरमै उनले आफ्नो गीत रेकर्ड गराएकी हुन्। साथै गीतको लागि भिडियो छायांकन पनि भइसकेको छ। एन्जेलिनाको स्वरमा रेकर्ड गरिएको गीतमा सुगम पोखरेलको शब्द र संगीत रहेको छ। 'मलाइ उड्न देउ' बोलको गीत बारे सुगम पोखरेलले जानकारी दिएका हुन्। भने,'गीतको भिडियो चाडै नै दर्शकले हेर्न पाउनु हुन्छ।'

उक्त गीतको भिडियो छायांकन ज्ञानेन्द्र शर्माले गरेका छ्न् भने निर्देशन अराज केशवले गरेका हुन्। भिडियोमा एन्जेलिजा स्वयंमको फिचरिङ रहेको छ। कक्षा पाँचमा अध्ययनरत एन्जेलिनाको यो पहिलो म्युजिक भिडियो हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell