
इस्तानबुल : टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले यसै महिनामा गल्फ राष्ट्रहरुको भ्रमण गर्ने भएका छन्।
उनको यो भ्रमण कतार र साउदी अरेबियाको हुनेछ। टर्कीस् विदेश मन्त्रालयले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा राष्ट्रपतिको भ्रमणबारे जानकारी दिइएको छ।
पछिल्लो समय कतार गम्भीर कुटनीतिक संकटमा परेको छ। त्यसैले उनको यो भ्रमण त्यसतर्फ केन्द्रीत हुने भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
आगामी जुलाई २३ देखि २५ सम्म हुन लागेको उनको भ्रमण कतारमा जारी कुटनीतिक संकट समाधानमा प्रमुख मध्यस्तकर्ताका रुपमा हुनेछ।
कतारमाथि उसका छिमेकी गल्फ देशले कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी नै लगाएका छन् । तर समस्याको समाधान निस्किने अवस्था अझै बनेको छैन। रासस/एएफपी