PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

रोहित चन्दले ला लिग क्लब स्पानयोल विरुद्ध खेल्ने



पहिलोपोस्ट

रोहित चन्दले ला लिग क्लब स्पानयोल विरुद्ध खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले स्पानिस ला लिगा क्लब स्पानयोल विरुद्ध खेल्ने भएका छन्। तर यो खेल स्पेन हुनेछैन।

रोहितले इन्डोनेसियन क्लब पर्सिजा जाकार्ताको तर्फबाट स्पानयोसँग खेल्न लागेका हुन्। स्पानिस क्लब स्पानयोल हाल एसियाको भ्रमणमा छ र अहिले इन्डोनेसिया पुगेको छ।

पर्सिजा र स्पानयोल बीचको खेल भोली बुधबार हुँदैछ। जसमा नेपालका रोहित चन्दले पर्सिजाको जर्सी लगाउदै स्पानिस क्लब विरुद्ध खेल्नेछन्।

मगलबार इन्डोनेसियामा भएको पत्रकार सम्मेलनमा स्पानयोलका प्रशिक्षक कुइकोए सान्चेजले प्रतिस्पर्धा गर्नु नै लक्ष्य भएको बताएका छन्।

चार पटकको कोपा डेल रे च्याम्पियन स्पानयोलबाट डिएगो लोपेज, जेरार्ड मोरेनो, भिक्टोर सान्चेज जस्ता खेलाडी एसियन टुरमा छन्।

खेल इन्डोनेसियाको राजधानीमा रहेको प्याट्रिओट स्टेडियममा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell